ओकुबोमा नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा

टोकियो । जापानमा रहेका नेपालीहरुको सहजताका लागि टोकियोस्थित ओकुबोमा रियल स्टेट कम्पनी संचालनमा आएको छ । नोवेल ट्रेड नामक रियल स्टेट कम्पनी संचालनमा आएको हो ।

कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको प्रमुख आतिथ्यतामा सुरु गरिएको उद्घाटन कार्यक्रममा नेपाल सन्देश डट कमका प्रकाशक रविन्द्र गोर्खाली, संचालक रामु सापकोटा र राजु केसीले सयुक्त रुपमा रिवन काटेर कम्पनीको सुरुवात गरेका हुन् ।

टोकियो, साईतामा, कानागावा, चिवा लगायतका स्थानमा घर, कोठा लगायत रियल स्टेट सम्वन्धी सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विभिन्न पेशा, व्यवसाय तथा विद्यार्थीहरुलाई सहजै हाम्रा सुविधाहरु उपलव्ध गराउने उदेश्यले ओकुबोमा रियल स्टेट कम्पनी खोलिएको संचालक सापकोटाले बताए ।

नेपालीहरुलाई आवश्यक पर्ने अन्य व्यवसायिक परामर्श सेवाहरु समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?