अब जापान उत्तर कोरियाको गतिविधि हेरेर मात्र बस्न सक्दैन

जापानी प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको गठबन्धनको दुई तिहाई बहुमत ल्याए लगतै उत्तर कोरियासामु जापान नयाँ ढंगले प्रस्तुत हुने बताएका छन् ।

आइतबार सम्पन्न भएको मध्यावधि निवार्चनमा आफ्नो पार्टीको जित सुनिश्चित भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘मैले निर्वाचन अघि नै प्रतिबद्धता व्यक्त गरिसकेको थिए कि जापानले अब कुटनीतिक रूपमा स्पष्ट धारणा बनाएर उत्तर कोरियासामू सम्बन्ध निर्धारण गर्छ । अब हामी त्यस तर्फ अघि बढिसकेका छौँ ।’ उनले थप्दै भने, ‘अब जापान उत्तर कोरियाको गतिविधि हेरेर मात्र बस्न सक्दैन। तसर्थ प्योङयाङबाट जापानले भोगिरहेको समस्याको तत्काल समाधान गरिने छ।’

आबे आबद्ध लिबेरल डेमोक्रेटिक पार्टीले सोमबार बिहानसम्मको गणनामा कुल ४६५ सिटमा २८३ सिट कब्जा गरिसकेको छ । यो सङ्ख्या जापानी संसदमा स्पष्ट बहुमत प्राप्त मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?