प्रधानमन्त्री आवे नेतृत्वको गठबन्धनलाई दुई तिहाई मत

टोकियो । आईतवार सम्पन्न मध्यावधि निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाई मत ल्याई विजयी भएका छन् ।

प्रधानमन्त्री सिन्जो आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टीको गठबन्धनले दुई तिहाई मत सहित विजय हासिल गरेको हो ।

अचानक प्रधानमन्त्री आवेले संसदको म्याद बाकी रहदा गत महिना मध्यावधिको निर्वाचनको लागि आवहान गरेका थिए । सन् २०१२ देखि लगातार दोश्रो कार्यकाल प्रधानमन्त्री पद सम्हालेका आबे पुन: प्रधानमन्त्री बन्ने अवसर जुटेको छ ।

प्रधानमन्त्री आवेले आफ्नो गठबन्धनको जीत संगै संविधान संशोधन प्रस्ताव अघि बढाउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?