एनआरएनए विश्व सम्मेलनः जापानबाट क–कस्को उदय, कस्को पराजय ?

काठमाडौं । काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनले जापानमा रहेका एननआरएनएहरुका बीच खुसी छाएको छ । सम्मेलनले एनआरएनएको अध्यक्षमा जापानबासी नेपालीलाई जिताएको छ भने अन्य महत्वपुर्ण पदहरुमा पनि जापानबासी नेपाली पुग्न सफल भएका छन् ।

एनआरएनएको इतिहासमा दोस्रो पटक नेतृत्व जापानले पाएको हो ।

निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङलाई भारी मत अन्तरले पराजित गर्दै जापानका युवा व्यवसायी भवन भवन भट्ट अध्यक्ष चयन भए । यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजक पनि जापानले नै पाएको छ ।

जापानबाटै प्रतिनिधित्व गर्ने रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)लाई पराजित गर्दै किरणविक्रम थापा विजयी भए । यस्तै उपसंयोजकमा पारसमणि पोखरेल विजयी भए ।

एनआरएनएको अर्को महत्वपुर्ण पद युवा संयोजकमा एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापा निर्वाचित भए । यता एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी दिएका चिरञ्जिवी थापा भने पराजित भए । दुई जना खुल्ला उपाध्यक्षका लागि भएको मतदानमा थापा तेस्रो भए ।

जे होस् एनआरएनएको आठौं विश्व सम्मेलनमा जापानका एनआरएनएहरुको भुमिका र उपस्थिति बलियो देखिनु जापानबासी नेपालीहरुका लागि सकारात्मक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?