एनआरएनएको अध्यक्षमा भारी मत सहित भट्ट विजयी, यस्तो दिए पहिलो प्रतिक्रिया

काठमाडौँ  । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्र ।  
काठमाडौँमा भएकाे आठाैं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्र ।  भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भए ।

अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए । अब सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो । निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए ।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?