एनआरएनए गुन्मा क्षेत्रीय समितिले अक्टोबर एकमा अन्तरक्रिया गर्ने

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) गुन्मा क्षेत्रीय समिति जापानले आफ्नो वार्षीक कार्ययोजनाका बारेमा स्थानीय संघ संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर एक तारिखका दिन गुन्मा केनस्थित आर गुन, ओइजुमी–माची, योचिदामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा एनआरएन गुन्माको बारेमा पनि जानकारी गराइने छ ।

वार्षीक कार्यतालिका ल्याउँदा त्यस क्षेत्रमा क्रियषशील नेपाली संघ संस्थाहरुसँग परामर्श गर्दा कार्यान्वयनमा सहजता आउने भएकाले यस्तो कार्यक्रम राखिएको आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो एक बजे सुरु हुने पनि आयोजकले जनाएको छ ।

आयोजकले विभिन्न संघ संस्थालाई आमन्त्रण गरिएको र पत्र नपुगेको भए यो समाचारलाई नै निमन्त्रणा ठानेर उपस्थित भैदिन पनि आग्रह गरेको छ । कार्यक्रममा त्यस स्थानमा क्रियाशील संस्थाका सबै पदाधिकारीलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रममा उपस्थित भई समितिलाई सल्लाह, सुझाव र एनआरएन मार्फत् गर्न सकिने नविन कामहरु भए सो पनि दिन आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमबारे थप जानकारी

मिति:- २०१७/१०/०१ तारीक आईतबार

समय:- संघ-संस्थाका प्रतिनीधीहरू १ बजे यस संस्थाका पन्जीकृत सदस्य तथा संस्था प्रती चासो राख्ने ब्यक्तीत्वहरू २ बजे

स्थान:- 〒370-0523 Gunma-ken, Ōra-gun, Ōizumi-machi, Yoshida, 大泉町吉田2011-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?