राष्ट्रसंघमा प्रधानमन्त्री आबेको कडा भाषण, विश्वका नेताले बजाए निरन्तर ताली

टोकियो । उत्तर कोरियालाई दवाब दिनका लागि विश्वका सबै राष्ट्र एकजुट हुनु पर्ने अवस्था आएको जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका छन् । संयुक्ता राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले भनेका छन्– ‘यो संवादको समय होइन, दवाबको समय हो ।’

सभालाई सम्बोधन गर्दै आबेले आफु विश्व शान्तिका लागि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए । उनले उत्तर कोरियालाई शान्तिको बाटोमा ल्याउनका लागि आफुले निरन्तर प्रयास गरिरहेको तर, तत्काललाई त्यो सम्भव नदेखिएको बताए ।

उनले भाषण गरिरहँदा विश्वभरका नेताहरुले समर्थनमा तालि बजाइरहेका थिए ।

बुधबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियालाई ध्वस्त बनाउने चेतावनी दिखएका थिए । तर जापाको प्रतिद्धन्दी चीन र रसियाले भने समस्याको शान्तिपूर्ण हल खोजिनु पर्ने र उत्तर सँग वार्ता गर्नु पर्ने बतएका थिए ।

‘हामी संयुक्त राष्ट्रसंघले उत्तर विरुद्ध चालेको कदम प्रति सन्तुष्ट छैनौं’ आबेले भने ‘चीन र रसियासँगको सहकार्य तोडेर भएपनि उत्तर विरुद्ध एकतावद्ध कारवाही आवश्यक छ । आवेले उत्तरले लगातार परीक्षण गरेको भन्दै विश्व शान्ति र एकतामा खलल पुगेकोले धैर्य गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?