एनआरएनए जापानको इभोटिङ्ग सम्पन्न, ७ हजार ५ सय ३ मत खस्यो

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको इभोटिङ्ग सम्पन्न भएको छ । विहान १० बजेबाट सुरु भई ६ बजेर २० मिनेटमा मतदान सम्पन्न भएको हो ।

एनआरएनए जापानको १३ क्षेत्रीय समितिमा जम्मा मतदाता संख्या १० हजार ३ सय २७ रहेको छ । निर्वाचन समितिका अनुसार जस मध्ये ७ हजार ५ सय ३ मत (७२.६५ प्रतिशत मत) खसेको छ ।

केहि बेरमा मत परिणाम प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?