जापानमा म नेपाली ग्रुपको ‘दुई दिवसीय तीज महोत्सव–२०१७’ सम्पन्न

टोकियो । ‘म नेपाली ग्रुप’ जापानले आयोजना गरेको दुई दिवसीय तीज महोत्सव–२०१७ सम्पन्न भएको छ ।

टोकियोमा रहेका नेपाली महिलाहरुको शसक्त समुह म नेपाली ग्रुपले दुई दिवसिय तीज महोत्सवको आयोजना गरेको र कार्यक्रम सौहार्द वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

ग्रुपकी सदस्य सुमी के सी को सभापतित्वमा सुरु गरिएको औपचारिक कार्यक्रम समाज सेवी अनिता गुरूङ, तीज महोत्सव संयोजक दिपा कार्की र म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले संयोजन गरेका थिए ।

गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा, मनाङ् समाज जापानका उपाध्यक्ष अनिता गुरूङ, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, जापान सन्देश डट कमका प्रकाशक रविन्द्र श्रेष्ठ लगायतका विशिष्ठ अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथि, कलाकार र सहभागिहरुको स्वागत कार्यक्रम संयोजक दिपा कार्कीले गरेकी थिइन् भने समाज सेवी अनिता गुरुङले कार्यक्रम सफलताको शुभकामना दिएकी थिइन् ।

गल्कोट समाज जापानका अध्यक्ष थापाले यस्तो किसिमका कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुका बीचमा एकता, सद्भाव र ममता बढ्ने बताउँदै कार्यक्रम आयोजना गरेर ग्रुपले जापानमा रहेका नेपाली महिलाहरुका बीचमा सद्भाव कायम गर्न सफल भएको बताए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित लोक गायिका सिता केसी र जापानमै रहेर कला कर्म गरिरहेका लोक गायक सुर्य खड्का, विष्णु कडेल र प्रकाशले आ आफ्ना प्रस्तुती दिएका थिए । औपचारीक र अनौपचारिक सांगीतिक कार्यक्रमको संचालन नान्सु पाण्डेले गरेकी थिइन् ।

अगष्ट २० तारिख आइतबार नाकानो जिरो हल र २२ तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा सम्पन्न दुई दिवसीय ‘तीज महोत्सव २०१७’ का लागि चर्चित लोक गायिका सिता केसी जापान आएकी थिइन । म नेपाली ग्रुपले यस अघि पनि विभिन्न खाले कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?