तोचिगीमा पौडी खेल्ने क्रममा एक नेपाली हराए

 

जापानको तोचिगी केनको तोचिगी शीमा रहेको एउटा खोलामा पौडी खेल्ने क्रममा अन्दाजी २६ वर्षीय नेपाली हराएको छ ।

अगस्त १२ तारिख दिनको ३ बजेर ३० मिनेट जादा ताईकोजिच्योको ओमोईगावामा पौडिरहेको अवस्थामा हराएको हो ।

पुलिसका अनुसार त्यति बेला विदेशीहरु ५ जनाको ग्रुपमा खेलिरहेको र त्यसमा नेपाली २६ वर्षीय पुरुष नाम खुलिनसकेको पौडी खेल्ने क्रममा कता गएको थाहा नभएको जानकारीमा आएको छ ।

एक नेपालीका अनुसार पुलिसले त्यति बेलाको परिस्थितिको बारेमा सोधखोज गरिरहेको र हराएको व्यक्ति खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

जापानी संचार माध्यमका अनुसार त्यस ठाउको खोला तोचिगीको मुख्य शहरबाट ५ किलो मिटर जति पूर्व पट्टि पर्ने जनाएको छ । १२ तारिखमा पहिलाको भन्दा पानीको वहाव बढी भएको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?