उपाध्यक्ष र सचिवका उम्मेदवार माथि परेको दावी विरोध खारेज, उम्मेदवारी फिर्ताको समय बढ्यो

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिवका उम्मेदवार जनक बिक्रम शाहीमाथि परेको दावी विरोध खारेज भएको छ ।

निर्वाचन समितिका संयोजक ओम गुरुङले विज्ञप्ती जारी गर्दै छानबिनका क्रममा एनआरएनए जापानबाट प्राप्त कागजाद र अन्य प्रमाणलाई हेर्दा उनीहरु उम्मेदवार बन्न योग्य देखिएको उल्लेख छ ।

यस्तै निर्वाचन समितिले प्रक्रियागत कारणले उम्मेदवारी फिर्ताको समय १३ अगस्टको साँझ ८ बजेसम्मका लागि बढाइएको जनाएको छ । उम्मेदवारहरुको अन्तिम नामावली १४ अगस्टमा प्रकाशित हुने भएको छ ।

निर्वाचन समितिले उम्मेदवार र मतदातालाई निर्वाचन आचारसंहिता विपरित हुने काम नगर्न पनि चेतावनी दिएको छ । निर्वाचन समितिले एनआरएनए जापानका मतदातालाई समयमै आफ्नो आईडी र पासवर्ड परिवर्तन गरेर मत सुरक्षित राख्न पनि आग्रह गरेको छ ।

एनआरएनए जापानको नयाँ पदाधिकारी चयनका लागि सेप्टेम्बर ३ तारिखमा अनलाईन प्रक्रियाबाट मतदान हुँदै छ ।

मतदाताहरुले आफ्नो आईडी र पासवर्ड परिवर्तन गराउनका लागि यहाँ क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?