एनआरएनए जापानको केन्द्रीय सदस्यमा सामाजिक अभियन्ता आचार्यको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको भावी केन्द्रीय कार्यसमिति सदस्यका लागि सामाजिक अभियान्ता स्मृति आचार्यले उम्मेदवारी घोषणा गरेकी छिन् ।

आचार्यले एनआरएनए जापानमा महिलाहरुको समावेशी र समानुपातिक सहभागितामा जोड दिदै उम्मेदवारी घोषणा गरेकी हुन् ।

सानै उमेरदेखि सामाजिक कार्यको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढ्न मन पराउने आचार्यले विदेशी भूमिमा आएर पनि आफूलाई सक्रिय राखेकी छिन् ।

उनी जापानस्थित रुपन्देही समाज गठनको अभियानमा पनि नेतृत्वदायी भूमिकामा थिइन् । उनी अहिले समाजको कोषाध्यक्ष पदमा क्रियाशील छिन् ।

त्यस्तै गरी जापानमा रहेका महिलाहरुलाई एकताबद्ध बनाएर सामाजिक कार्यमा सहभागिता बढाउनका लागि खोलिएको म नेपाली ग्रुप जापानको संयोजकका रुपमा आचार्यले विभिन्न सामाजिक कार्यहरुको नेतृत्व समेत गरिरहेकी छिन् ।

उनले जापानमा विभिन्न खाले कार्यक्रमहरु मार्फत् उठेको रकम नेपालमा उत्पिडनमा परेका महिलाहरुको अधिकार स्थापित गर्न र त्यस्ता महिलाहरुको आयआर्जन बढाउनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन् ।

राजनीतिदेखि टाडा बस्न रुचाउने उनी सामाजिक कार्यमा भने निकै चासो राख्दछिन् । उनले आफूले गर्दै आएको सामाजिक कार्यलाई थप विस्तार गर्न र एनआरएनए जापानलाई थप बलियो बनाउनका लागि आठौं अधिवेशनमा कार्यसमिति सदस्यमा उम्मेदवारीको घोषणा गरेको बताइन् ।

उनले आफूलाई जापानवासी सम्पूर्ण नेपालीहरुले समर्थन गर्ने र अत्याधिक मतका साथ निर्वाचित हुने दाबी समेत गरेकी छिन् ।

एनआरएनए जापानको अधिवेशन अगष्ट १३ मा हुँदैछ भने निर्वाचनको मिति अझै सार्वाजनिक भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?