जापानले राख्यो आसियानमा नयाँ प्रस्ताव, आर्थिक संकट समाधानमा नयाँ पाइला

टोकियो । जापानले दक्षिण पुर्वी एसियाली देशहरुका बीचमा मुद्रा लेनदेनको द्धिपक्षीय प्रस्ताव पेश गरेको छ । यो प्रस्तावको समर्थन भए जापानले वित्तीय संकट समाधानका लागि ४० खर्ब येन वा ३५ अर्ब डलर सम्मको आर्थिक सहायता प्रदान गर्ने छ ।
शुक्रबारबाट टोकियो नजिकै रहेको योकोहामामा जापान र आसियान दश देशका वित्त मन्त्रीहरु र केन्द्रीय बैंकहरुका गर्भनरहरुको छलफल सुरु भएको छ ।

जापानको प्रतिनिधित्व वित्त मन्त्री तारो आसो तथा बैंक अफ जापानका गभर्नर हारुहीको कुदोराले गरेका छन् ।

वर्तमान अवस्थामा जापानसँग आसियान सदस्यहरु मध्ये केही देशहरुसँग डलरको कारोबार हुँदै आएको छ ।

यो नयाँ प्रस्तावले वित्तीय संकटका बेला जापानी येन प्रयोग गरि संकट मोचन गर्न सकिने छ । अमेरिकाले डलरमा ब्याजदर बढाएको खण्डमा पनि यो प्रस्तावबाट फाइदा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?