किन बढ्दैछन् शरणार्थी, किन आउँछन् जापानमा ?

जापान । के कारणले विश्वमा शरणर्थी बढे भन्ने विषयमा जापानको टोकियोमा विद्यार्थीहरुको विभिन्न समूह बनाइ अध्ययन सुरु गरिएको छ ।

विभिन्न आन्दोलनका कारण, जातिय कारण, धार्मिक कारणले गर्दा मानिसले घरबार छोड्नुपरेको विषयमा विद्यार्थीलाई जानकारी दिइएको छ ।

पछिल्लो समय विश्वमा शरणार्थी बढेका शिरिया लगायतका देशहरुबाट शरणार्थी जापानमा समेत आएका भएपनि जापानीहरु अनभिज्ञ भएका कारण यस्तो कक्षा लिइएको शरणार्थीका लागि काम गर्ने संस्थाले जनाएको छ ।

जापानमा शरणर्थीका समस्या समाधानका लागि काम गर्ने क्रममा जापानका सिनियर र जुनियर लेभलमा विद्यार्थिलाई टोकियोमा यस्तो कार्यशालाको आयोजना गरिएको हो ।

करिब ४० विद्यार्थीलाई विभिन्न समूहमा बाडिएर छलफल गरिएको थियो । त्यस क्रममा शरणार्थीहरु कसरी घर छाड्न बाध्य भए भन्ने बारे विभिन्न किसिमका फुटेज तथा वृत्तचित्र देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?