
जापान । जापान सरकारले देशका सबै प्रान्तलार्इ समयमा नै चेतावनी दिने आफ्नो उपकरणको शुद्दता पुष्टि गर्न आदेश दिएको छ ।
एक अमिरीकी मिडीयाले उत्तर कोरियाले एउटा मिसाईल प्रक्षेपण गर्ने तयारी गरिरहेको समाचार बाहिर ल्याए पश्चात यस्तो सावधानी अपनाउन लागिएको हो ।फक्स व्यापार नेटवर्कले मंगलबार उत्तर कोरियाले आउने तीन दिन भित्र मध्यम दुरीकाे ठुलो क्षमता भएको मुसुदन व्लास्टिक मिसाइल प्रक्षेपण गर्न लागेको जानकारी दिएकाे थियाे। यो जानकारी अमेरिकाका अज्ञात अधिकारीहरुद्दारा बाहिर ल्याइएको हो ।
जापान सरकारले बुधबार प्रान्तका सरकारलाई जे एलर्ट प्रणालीको जाँच गर्न आदेश दिएको छ । यस प्रणालीलार्इ कुनै संम्भावित खतराको बारेमा जानकारी दिनको लागी प्रयोग गर्ने गरिन्छ । जापान सरकारले सबै प्रान्त देखि नगरपालीका सरकारलाई सुचित गर्न आदेश जारी गरेको छ ।
जापानका प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले जापान सरकारले उत्तर कोरियाको संम्भावित प्रक्षेपणसंग सम्बन्धित गोप्य जानकारीलाई एकीकृत गर्ने र त्यसलार्इ विश्लेषण गर्दै आएको बताएका छन्।






