जापानको एकिता जंगलमा भालुको आक्रमण बाट महिलाको मृत्यु

जापान।वुधवार देखि जापानको अकिता क्षेत्रमा पर्ने जंगलमा हराएकी महिलाको शव शुक्रवार विहान फेला परेको छ ।

सरदार ७४ वर्षकी सुवा सुजुकी नामकी महिलालाई जंगलमा भालुले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

तर घटनाको तथ्य पूर्ण रुपमा खुली नसकेको प्रहरीले जनाएको छ ।

फुजी टिभीले बताए अनुसार सुजुकी  तुवाड़ा देखि आमोरी आसपासका क्षेत्रमा घुमघामको लागि आएकी थिईन् ।

त्यहाँ सुजुकीले केहि जंगली भालुहरुलाई पनि देखेकी थिईन् ।

सोहि स्थानमा  मे २१ मा भालुको आक्रमणमा परि ३ जनाको मृत्यु भएको थियो ।

बुधवार मध्यान्ह आफ्नो कारलाई पार्क गरेर ती महिला जंगलका बाँसको पात टिप्न  प्रवेश गरेको र त्यसपछि उनी त्यहाँबाट नफर्किएको प्रहरीले बताएको छ ।

महिला धेरै समय सम्म पनि जंगलबाट नफर्किए पछि प्रहरीले बिहिबार बाट उनको खोजि गर्ने थालेको र शुक्रवार विहान १०:४० बजे उनको शव फेला परेको हो।

प्रहरीले त्यस्तो बताए पनि क्युडो समाचार एजेन्सीले भने जंगलका शिकारीले महिलाको शरीर फेला परेको स्थानमा नै भालुलाई मारेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?