जुलाईमा ३१ मा थकाली सेवा समिति जापानको बनभोज कार्यक्रम हुदै

thaseshजापान । थकाली सेवा समिति(थसेस)जापानको समर वार्वेक्यु (बनभोज) कार्यक्रम जुलाई ३१ तारिख हुने भएको छ। 

प्रत्येक वर्ष थसेसले गर्दै आएको वार्वेक्यु कार्यक्रम यसपटक टोकियोको सिन्किबा स्टेशनको तोरिचु युमेनोसिमा कोएन स्थित वार्वेक्युमा आइतबार १०ः०० बजे देखी बेलुका ३ः३० बजे सम्म हुने आयोजकको तर्फबाट संयोजक अनिल भट्टचनले जानकारी दिएका छन ।

सन्किबास्थित समुन्द्रको नजिकै मनोरम दृष्यालोवक संगै हरियाली वार्वेक्यु स्पटमा गुणस्तरिय र उत्कृष्ठ खानाको परिकारका साथै बिभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने भएकोले उक्त बनभोज कार्यक्रममा उपस्थित हुन आम जापानबासी सम्पुर्ण महानुभावहरुलाई आजयोजकले खुल्ला निमन्त्रणा गरिएको थसेसका अध्यक्ष बुद्धि गौचन जानकारी दिएका छन ।

१९९१ सालमा जापानमा स्थापना भएको थकाली सेवा समिति जापानले आफनो २५ औ स्थापना दिवसको अवसरमा यस वर्ष बृहत कार्यक्रम गर्न लागेको हो ।

थकाली सेवा समिति जापानमको आफ्नै छुट्टै चिनारी, पहिचान तथा ईतिहास बोकेको संस्थाका भएको संस्थामा संरक्षक सरद कुमार गौचनले बताए ।

जापानमा नेपालीहरुले वार्वेक्यु गर्ने संस्कारको थालनी तथा प्रचलन एवं चलन चल्तिमा ल्याएको थसेस जापानले नै शुरुआत गरेको उनले बताए ।

गौचनका अनुसार पहिलो वार्वेक्यु देखी लगातार आयोजकको रुपमा रहेको नव्वेको दशकको स्मरण गराउदै पहिलो त उपयुक्त स्थान पाउनकै लागि कठिनाईको स्मरण गर्दै अहिलेको यो स्थितीमा आइपुगेको बताए ।

पहिले थुप्रै जापानीहरु हामीले आयोजना गरेको वार्वेक्यु अचम्म मानेर हेर्न, बोल्न र सोध्न आउने गरेको अहिले आम नेपालीहरुकै सामुहिक पर्व जस्तै एक बृहत कार्यक्रमको रुपमा परिणत भएको गौचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?