जापान एक्सप्रेस: नेपाली विद्यार्थीको संघर्षका चरण

nabin-niure-nepal-japan-nrn
नविन निउरे

पछिल्लो समय नेपालीहरुको शैक्षिक गन्तव्य स्थानको रुपमा जापान पहिलो रोजाई बन्दै गईरहेको छ । जापानले विद्यार्थी भिषामा जापान आउन चाहनेहरुलाई खुकुलो बनाईनाले पनि आकर्षित बन्ने गरेका हुन् । साथै कन्सल्ट्यान्सीको मनोपुलित आक्रामक प्रचार त छदै छ ।

जापानमा बढ्दै गईरहेको नेपालीहरुको वसोवासलाई आधार मान्ने हो भने विद्यार्थीहरुको संख्या उल्लेख्य बढ्दै गईरहेको छ । उत्तिकै संख्यामा प्रवेश गर्नेहरुको लर्को थेगि नसक्नु छ ।

नेपालबाट आवेदन भर्न सजिलो साथै सहजै आवश्यक कागजात बनाउन सकिने हुँदा छिटो छरितो र कम लगानीमै जापानमा विद्यार्थी भिषाको लागि निवेदन दिन पाउनाले मध्यम वर्ग बढी आकर्षित बन्ने गरेको सहजै अनुमान लगाउन सक्छौ ।

खासमा कागजात बनाउन पैसा नलाग्ने भएपनि कन्सल्ट्यान्सीको चतुर्याईले गर्दा केहि रकम लिएर डुब्लिकेट बनाई पठाउने गरेको गुनासोहरु पनि सुनिन्छन् । व्यक्ति स्वयमले कागजात पेश गरेमा नि:शुल्क निवेदन भर्न सकिने व्यवस्था छ । मध्यम वर्गीय परिवारको चल अचल सम्पति र लाखौ रकम बैंकमा जम्मा गरिएको देखाउन नसक्नु कै कारण नक्कलीको सहायता लिनु नेपालीहरुको बाध्यात्मक अवस्था पनि हुन् ।

जापान जसरी भएपनि प्रवेश गर्नुलाई मात्रै केन्द्रविन्दुमा राख्नाले प्रवेश पश्चात दु:ख पाएका घटनाहरु प्रसस्तै छन् । भाषागत समस्या, जापान पुग्ने वित्तिकै मनग्य आम्दानी गर्न सकिने भन्दै मनोपुलित सपना सजाउनु, साथी भाई, कन्सल्ट्यान्सी र छरछिमेकमा रहेका आफन्तहरुको लहलहैमा परि लोब्भिने स्वभावले खुसी संचार त गराई दिन्छ । तर, ती विद्यार्थीको वास्तविक जीवन जापानमा तव सुरु हुन्छ, जव आफुले बोकेको रकम सकिदै जान थाल्छ ।

भाषा अध्ययनलाई नेपालमै लात हानेकाहरुले मन्द गतिमा कष्टकर जीवन बारे महशुस गर्दै विभिन्न चरणमा ठोकिदै बढ्न थाल्छ । नेपालमा छँदा जापान प्रवेश गर्नुलाई जीवनकै महत्वपूर्ण महत्वाकांक्षा ठान्छन् । उनीहरुका लागि जापान भित्र गुम्सिएका र आशातित दिनहरुको सामान्यतय चर्चा गर्ने कोसिस गर्ने छौ । विद्यार्थी जीवन विताएका नेपालीहरुले संघर्षका पाईलाहरुलाई निरन्तरता दिदै बढ्दा कैयौ नेपालमा छरिदिएका भ्रमहरु छरपस्ट आफ्नै आखा वरिपरिबाट गुज्रेर गए होलान् ।

धेरैले जापान बारे सोध्ने गर्नु हुन्छ । प्रश्नै प्रश्नको चाङ्ग माथि पहिलो प्रश्न ‘मासिक कति कमाई हुन्छ ?’ यी यावत प्रश्नै प्रश्नको विचमा जापान प्रवेश पछिका नेपालीहरुको दैनिकीसंग नजिक्याउने प्रयास स्वरुप केहि भोगाई र केहि देखिएका पलहरुमा घोत्लिन जरुरी छ ।

जापानको माटोमा पहिलो पाईलाको अनुभूति

यस्तो लाग्छ कि जापानको माटोमा टेकेको पहिलो पाईला नयाँ जन्म हो कि नयाँ नाम कोर्न हिडेका यात्री हुन् ? उनले सोच्छ “यो भूमिले मलाई माया गर्छ, खुवाउँछ, पिलाउँछ, वास्ता गर्छ । त्यसैले यो मेरो मालिक हुनुपर्छ।”

साधारण अर्थमा हामी जापानलाई मालिक र हामी मजदुर हौ भन्न हिच्किचाउनु हुन्न । हामी पढ्न भन्दा बढी धनाढ्य बन्ने सपना बुनेर आउछौ । यसकारण पनि हामी मजदुर र जापान मालिक हो । हामी जतिनै स्वतन्त्र बन्न खोजेपनि यहाँको नियम कानुनको परिधि भित्र बाधिनै पर्छ ।

यसकारण भन्दै छु कि हाम्रो जापानको पहिलो पाईलाले कानुनत मान्यता दिएपछि एअरपोर्टबाट भित्रिने काम हुन्छ । स्वत हामी जापानमा विद्यार्थी भिषा बोकेता पनि बढी कामदारको रुपमा प्रवेश गर्दछौ भन्ने सोच्न पुग्छौ । कमै मात्र अध्ययनका लागि आएका छन् । अधिकांशको सपना ठुलो मान्छे बन्न नसकेपनि कमसेकम नेपालकै एक शहरी क्षेत्रमा सुखका साथ् जीवन यापन गर्ने मनोपुलित रहरहरु पालेकै हुन्छौ । सोहि रहरमा अघि बढ्छ, पाईलाहरु ।

भाषा अध्ययनका जटिलता र अन्यौल जीवनयापन

नेपाल देखि जापान भाषा कक्षाका लागि आवेदन दिईन्छ । जुनबेला आवेदन दिईन्छ, सोहि बेला सुरुमा कुन विषयमा अध्ययन गर्ने भन्ने अन्यौल प्राय सबैमा हुन्छ । सायद सोच्छन्, युनिभरसीटी वा सो सरहको अध्ययनका लागि जापान जादैछु । तर, त्यो सत्य होईन । अधिकांश जापान प्रवेशको पहिलो चरण जापानी भाषा अध्ययन नै हुन्छ । भाषा अध्ययनको १८ महिने वा २ बर्षे भाषा अध्ययन सकिएपछिको चरण युनिभरसीटी वा सो सरहको लागि आफुलाई पढ्न इच्छा भएकाहरुले पढ्ने ढोका खुल्दछ ।

जापानीहरुले भन्ने गर्छन्, जापान जे जसरी विकाशको चरमचुलीमा पुगेको छ, त्यसको जग भनेको व्यवस्थित शैक्षिक प्रणाली कै कारण सम्भब भएको हो । बलियो शैक्षिक जगको प्रतिफल जनशक्तिले जापानले अद्भूत विकाशको गति लिई बढेको छ ।

नेपाल भन्दा शैक्षिक गुणस्तर उच्च रहेको देशमा अध्ययन गर्न सुरुका चरणमा असहज महशुस पक्कै हुन्छ । एक त भाषागत समस्या अर्को यहि समाजमा घुल्नु पर्ने टड्कारो बाध्यताको परिबन्ध वरिपरि मडारिदिन्छ । कहाँ के किन्ने, कोसंग कसरी बोल्ने, काम कसरी खोज्ने सबै भाषा स्कुलका शिक्षक/शिक्षिकाको सहारा बिना मुस्किल जस्तै हुन्छ ।

पहिलो महिना रमाईलोसंग बित्ने गर्छ । हप्तामा २ दिन शनिबार र आईतबार बिदा हुन्छ । सोमबार देखि शुक्रबारसम्म अनिवार्य लगभग साढे तीन घण्टा दैनिक पढ्नु पर्ने हुन्छ । जापानमा हाजिर दैनिक हुन्छ । अझ प्रत्येक पिरियडमा गर्ने हाजिरले भिषाको सुनिश्चितता गरिदिन्छ । भिषा थप्ने बेला कसले कति कुन लेवलको अध्ययन गर्यो भनेर सर्टिफिकेट हेर्ने भन्दा स्कुलमा हाजिर कति प्रतिशत भएको छ भन्ने प्रमुख भई दिन्छ । त्यसकारण नियमित स्कुल जानु पर्ने बाध्यता हामीमा रहन्छ ।

पैसाका लागि जेसुकै गर्नु पर्ने बाध्यता

बोटबाट टपक्कै टिपेर ल्याउने जसरी जापानमा प्रसस्तै पैसा पाकेको आप झैँ टिपी छाड़ने सपना बुन्ने गर्छन् । सपनाको महल ठड्याउँन जति सजिलो हुन्छ, परिश्रमी भएर आफ्नो खुट्टामा उब्भिनुमा धेरै फरक हुन्छ नै । हामी परिश्रम गर्न प्राय रुचाउदैनौ । त्यसैले त विभिन्न भिषाको नाममा विदेश भासिएका छौ ।

तर, जापानको वातावरण र आफ्नै बाध्यताको भुमरीले कठोर परिश्रमको बाध्यात्मक अवस्थामा ल्याएर छोडिदिन्छ । भाषागत समस्याका कारण हामी जस्तो सुकै काम गर्न पनि तयार हुन्छौ । उधोग कलकारखाना, ट्वाईलेट सफा गर्ने, फोहोर मैलाको डुंगुरमा रमाउने, कुल्ली, मसाल्ची (भाडा माझ्ने) देखि नसोचेका कामहरु आँखा वरिपरिबाट गुज्रिदै बढ्छ ।

जापानमा काम पाईलै पिच्छे छ । तर, त्यसलाई पहिलाउन सक्ने भाषागत समस्या हाम्रा सामु चुनौतीका पहाड बनि तेर्सिदिन्छ । नेपालबाट कन्सल्ट्यान्सीले जापानमा आफुले पढ्ने भाषा स्कुलले काम खोजिदिने आश्वासन बाढेका हुन्छन् । यता सबै भाषा स्कुलले कामका लागि सहयोगी भूमिका खेल्छन् भन्ने विश्वस्त हुने आधार हुँदैन ।

पहिला भाषामा प्रगति अनि मात्रै सहयोग गर्ने आवश्वासन दिदा २/३ महिना त्यसै विति जान्छ । निराशाको पहाडले घेर्दै जान्छ । उठ्नै नसक्ने गरि लाखौ ऋणको भारि बोकेर जापान छिर्नेहरुमा निराशा पैदा हुनु कुनै नौलो कुरा पनि होईन । भाषा राम्रो बनाउँदै गएका र साथि भाईसंग घुलमिल हुन सक्ने चलाख छन् भने पाईहाल्न सक्छ ।

यसकारण कि जापानमा सिधै कम्पनीमा फोन गरेर अन्तर्वार्ता दिनु भन्दा सम्बन्धित कम्पनीमा काम गर्ने साथी भाईको सहायताले काम तुरुन्त पाउने प्रवल सम्भावना हुन्छ । नत्र ४/५/६ महिनासम्म पनि काम नपाउनेहरु पनि भेटिन्छन् ।

अत: जापान प्रवेश गर्न चाहने विद्यार्थीले भाषागत समस्यालाई केहि हदसम्म समाधान गरि आवेदन दिदा स्वयम् आफैलाई हित हुनेछ ।अन्यथा प्रवेश गरेकै भोलिपल्ट कमाउने धुनमा बहकिनेहरु पश्चातापको सिवाय अरु व्यहोर्ने छैन ।

नेपालबाट जापान प्रवेश भन्दा अघि भाषागत समस्या र जापानको वास्तविकतासंग नजिक्याउने खालका सामाग्री सामाजिक संजाल, लेख रचना साथै विविध संचार माध्यम मार्फत सुझाब स्वरुप सचित्र मार्ग रेखा कोरिदिन जापानबासी नेपाली तथा जापाको बास्तविकतासंग नजिक्किनेहरुको प्रमुख दायित्व भित्र पार्ने समेत जरुरी छ । ताकि आफ्नै जीवन देखि बिरक्तिएर कुनै दु:खद घटना हाम्रो आखा वरपरबाट नगुज्रोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?