यो हो अब संसारकै लामो रेल सुरुङ, जापान दाेस्राेमा

Train margaएजेन्सी । स्विट्जरल्याण्डमा संसारकै सबैभन्दा लामो र गहिरो रेल सुरुङ सञ्चालनमा आएको छ ।

५७ किलोमिटर लामो यो दोहोरो गोटहार्ट नामको सुरुङ अल्प्स पर्वतमुनीबाट उत्तरी र दक्षिणी युरोपलाई तिव्र गतिको रेल सेवाले जोडिएको छ । यो रेल सुरुङ निर्माण गर्न २० वर्ष लागेको छ ।

स्विट्जरल्याण्डले यो सुरुङ युरोपमा मालबहाक यातायात सेवामा क्रान्तिकारी कदम हुने जनाएको छ । अझैपनि यस मार्गमा सामान ढुवानी लाखौं ट्रकहरुमार्फत हुँदै आएको थियो ।

अहिलेसम्म संसारकै सबैभन्दा लामो रेल सुरुङ जापानको ५३.९ किलोमिटरको सेइकन रेल सुरुङ थियो । तर अब गोटहार्ड संसारकै लामो रेल सुरुङ भएको छ । फ्रान्स र बेलायतलाई जोड्ने ५०.५ किलोमिटर लामो च्यानल अब तेस्रो स्थानमा धकेलिएको छ ।

गोटहार्ड रेल सुरुङ उद्घाटनमा स्विस अधिकारीका साथै जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति फ्राङकोइस होल्याण्डे र इटालीका प्रधानमनत्री मेटो रेञ्जीसमेत सहभागी भएका थिए ।

स्विट्जरल्याण्डका फेडेरल ट्रान्सपोर्ट कार्यलयका निर्देशक पिटर फ्युगलिस्टरले यसलाई स्विट्जरल्याण्डको पहिचानको हिस्सा भएको जनाएका छन् ।

गोटहार्ड संसारकै सबैभन्दा गहिरो सुरुङ पनि हो । यो पृथ्वीको धरातलबाट २.३ किलोमिटर तल रहेको छ । जहाँ तापक्रम ४६ डिग्री सेल्सियस सम्म हुन्छ ।

यो रेलमार्ग खोल्ने क्रममा इन्जिनियरहरुले ७३ प्रकारका चट्टानहरु पार गरेका थिए । यसक्रममा २ करोड ८ लाख टन ढुंगा निकालिएको थियो भने ९ मजदुरको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?