टोकियो । मिडिया म्यासेज प्रा.लिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवका अवसरमा आयोजित म्युजिक मेलामा जापान आएकी गायिका सहिमा श्रेष्ठको तीज गीतको सुटिङ भएको छ ।
जापानको चिवा शिनकेमिगावा पार्कमा गायिका श्रेष्ठको तीज गीतको सुटिङ गरिएको हो ।
नेपाल सन्देश डट कमकाे व्यवस्थापनमा सहिमाले सो गीतको छायांकन गरेकी हुन् ।
सो गीतमा संगीत टिका भण्डारी, शब्द रचना नैना सिंह राईको रहेको छ भने गीतको निर्देशन इन्द्र भण्डारी ‘प्रकाश’ ले र छायांकन असिम बस्नेतले गरेका छन्।