टोकियो रोधी क्लबमा आइतबार साकुरा नाइट हुँदै

sakura night

टोकियो । चर्चित कलाकारको बेजोड प्रस्तुतिका साथ जापानको टोकियोमा साकुरा नाईट कार्यक्रम हुदै छ । फुकुओकाको सफलता पछि आयोजक सुर्य कर्पोरेशनले गोल्डेन विकको अवसर पारेर टोकियोमा कार्यक्रम गर्न लागेको हो ।

मे ८ का दिन टोकियो स्थित रोधि क्लबमा बेलुकी पाँच बजेबाट कार्यक्रम सुरुहुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायक राम कृष्ण ढकाल,गायक हिमाल सागर , गायिका मिलन अमात्य, कमेडि किंग जितु नेपालको प्रस्तुति रहने छ ।
कार्यक्रममा उपस्थित हुनेलाई आयोजकको तर्फबाट खाजाको व्यवस्था समेत गरिएको छ । कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले रु तीन हजारमा टिकट किन्न सक्ने आयोजकले जनाएको छ ।

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेशनले ईन्टरनेसनल इन्टरटेनमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेनमेन्ट संग मिलेर गर्न लागेको हो ।

नेपालमा यस अघि भारतका चर्चित गायक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । जुन कार्यक्रममा दर्शको उपस्थित अत्याधिक रहेको थियो ।

नेपालबाट साकुरा नाईटमा लागि ग्रीष्मा ईन्टरटेन्टमेन्टका डाईरेक्टर गृहेन्द्र घिमिरे र नेपालका पहिलो प्रोफेसनल डिजे राजु पनि कार्यक्रममा आउने जनाएको छ ।

कार्यक्रममा जापान मै रहदै आउनुभएका ख्यातिप्राप्त गायक राम कृष्ण बम मल्ल र चर्चित डिजे जोन छत्यालको बिशेष प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?