विश्व अर्थतन्त्रलाई लिएर जापानका प्रधानमन्त्री र मर्केल बीच भेटवार्ता

sbeएजेन्सी ।जर्मन चान्सलर एन्जेला मर्केल र जापनी प्रधानमन्त्री सिन्जो अबि बीच जर्मनमा भेटवार्ता भएको छ ।

भेटका क्रममा विश्वको अर्थतन्त्रको सुधार गर्ने विषयमा छलफल भएको थियो
सो विषयले जि सेभेनको बैठकमा समेत महत्वपूर्ण स्थान पाएको थियो ।
यसैबीच मर्केलले जर्मनको अर्थतन्त्र अतिरिक्त क्रियाकलापमा खर्च भएको बताईन् । अतिरिक्त क्रियाकलापको रुपमा जर्मनले शरणार्थी र बसाँइ सरेर आफनो देशमा आएका नागरिकलाई भएको खर्चलाई संकेत गरेको छ ।

प्रधानमन्त्री अबिले युरोपियन र पूर्वी एसियाका प्रमुखले विज्ञहरुको सुझाव लिई आर्थिक वृद्धिको लागि उचित दृष्टिकोण ल्याउनु आवश्यक रहेका बताए ।अबिले आफनो देशको अर्थतन्त्र भौतिक संरचनाको निर्माणको लागि खर्च गरिने पनि बताए ।
अबिले अर्थतन्त्रमा सुधारको लागि जर्मन र जापानबीच नयाँ सहकार्यको आवश्यक रहेको बताँउदै प्रधानमन्त्री अबिले जापानले मुद्रा स्थितको अध्ययन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?