सुदूरपश्चिमेली समाज जापानको लक्की ड्र सार्बजनिक (विजेताको नामावलीसहित)

lucky3टोकियो । सुदूरपश्चिमेली समाज जापानको लक्की ड्र को नतिजा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार सनओकुबो स्थित बारकाडे रेस्टुरेन्टमा लक्की ड्र खोलिएको थियो ।

जापान स्थित नेपाली कार्यबाहक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा खोलिएको लक्की ड्र मा पहिलोे पुरस्कार अनुस्का बिष्टले प्राप्त गरेकी छिन बिष्टले कम्प्युटर जितेकी हुन ।

यसैगरी दोश्रो पुरस्कार दिनेस स्वरले जितेका छन् भने तेश्रो, चौथो र पाचौ पुरस्कार क्रमश सिता सापकोटा, प्रिसा चलाउने र रामु खड्काले प्राप्त गरेका छन ।

त्यस्तै अन्य पुरस्कारहरु गणेश जैशी ,गोविन्द कुँवर,सोना धामी , प्रकाश शर्मा ,भरत नेगी ,सन्तोष रेग्मी,नबिन गुरुङ , केशब देउबा , दुर्गा केसी,दिपिका भट्ट र आशिक बमले जित्न सफल भए ।

कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरुले लक्की ड्र बिजेताहरु लाई उपहार प्रदान गरेका थिए ।

लक्की ड्र कार्यक्रम गत वर्ष बैशाख १२ गते महाभूकम्पमा परि दिवंगत हुनेहरुको सम्झनामा १ मिनेट मौन धारणा गरि शुरु गरिएको थियो ।

lacky1

कार्यक्रमका कार्यबाहक राजदुत गेहेन्द्र राजभण्डारीले समाजले गरिरहेको परोपकारी कार्यको प्रशंसा गर्दै थप प्रभावकारी कार्य गर्न सुझाब दिदै नयाँ वर्ष २०७३ को शुभकामना दिएका थिए ।

कार्यक्रमका बिशेष अतिथि पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले समाजले आफु लाई स्थापित गरिसकेको बताउदै जापानको नेपाली समूदायमा थप सशक्त भएर लाग्न आग्रह गरे थिए ।

यस्तै समाजका अध्यक्ष पूर्ण चलाउनेको अध्यक्षतामा सम्पन्न लक्की ड्र कार्यक्रममा नेपाली जनप्रगतिशिल समाज जापानका अध्यक्ष दिनेश शाही ,समाजका पूर्व अध्यक्ष भरत नेगी, आशिस रावल लगायतको उपस्थिती रहेको थियो ।

सुदुरपश्चिमका अपाङ्ग बालबालिकाको सहयोगार्थ समाजले लक्की ड्र कार्यक्रमको आयोजना गरिएको थियो ।

lauck2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?