नेसाज जापानले अायाेजना गर्ने जापानी भाषा वक्तित्वकलाकाे तयारी पूरा

nesajटाेकियाे । जापानको ओसाकामा  अप्रिल २३ तारिखमा नेपाल-जापान विद्यार्थी समाज (NESAJ) द्वारा गर्ने भनिएको  जापानीज भाषा वक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाली दुतावास, एनआरएन जापान र एनआरएन कान्साईको सहकार्यमा हुन लागेको यस कार्यक्रममा क्योदाई रेमिट्यान्सको मुख्य सहयोग रहेको छ भने डि एण्ड टि नेपाल र बिन्दु रेस्टुरेन्ट सहित अन्यले पनि साथ दिएका छन ।

सो वक्तित्वकला प्रतियोगितामा प्रतियोगीहरु ७ जना हुनेछन । प्रतियोगितमा  विप्लव बानियाँ, हितेश खड्का, राजिब राई, स्नेहा जोशी, सिन्चुरी शेर्पा, दिपिका कँडेल र निर्मला गुरुङ बिच प्रतिस्पर्धा हुने जनाईएको छ।

जापनमा नेपाली युवाहरुको प्रयासमा नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमको पनि तयारी पुरा भएको छ।

नेसाजले कुमामोतोमा भूकम्पका कारण मृत्यु भएकाहरु प्रति श्रद्दाञ्जली दिने कार्यक्रम पनि गरिने जनाईएको छ। सो कार्यक्रममा सहभागी भएर सहयोग गर्नको लागि नेपाल जापान विधार्थी समाजले सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?