जापानको क्युशुमा आएका पछिल्ला भूकम्पमा कति क्षति भयो ?

japan_quake_3टोकियो । जापानको क्युशु क्षेत्रमा पछिल्ला दुई दिनमा आएका शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या हालसम्म २८ पुगेको छ भने १७ सय भन्दा बढी घाइते भएका छन् ।

बिहीबार राति गएको ६.४ रेक्टरस्केलको पहिलो भूकम्पमा परी ९ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए ।

भूकम्प गएको ६ घन्टापछि भत्किएको भग्नावशेषबाट एक नाबालिकाको उद्दार गरिएको थियो ।

पहिलो भूकम्पको २४ घन्टापछि नै ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पपछि दर्जनौ पराकम्पनहरु समेत गएका छन् ।

शुक्रबार राति गएको भूकम्पका कारण हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ७ सय ६० भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको पूर्ण विवरण आइनसकेको र कतिपय घाइतेहरुको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लगातारको भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ ।

7328406-3x2-700x467

7328540-3x2-700x467

160415222124-7-magnitude-earthquake-japan-kyushu-natalie-allen-beeper-00012903-large-169

-japan-earthquake-0415-super-169

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?