नेपाली युवाको आँखामा जापानी जीवन

kapil-acharyaजापान भन्नासाथ हामी नेपालीलाई लाग्ने भनेको संसारकै समृद्धशाली देश र विकसित मात्र होईन अति विकसित राष्ट्र हो । अर्थतन्त्रको हिसावले हेर्ने हो भने जापान संसारकै अग्रस्थानमा पर्दछ भने भौतिक पूर्वाधारमा विश्वलाई नै पछाडी छोड्न सफल राष्ट्रको रुपमा चिनिन्छ   ।
जापानमा संसारकै तिव्र गतिको वुलेट ट्रेन गुड्दछ।   हाम्रै आँखा अगाडी ८ तलामाथिबाट दौडेर त्यो ट्रेन पहाडको फेदीबाट छेडेर  अर्को सहरमा निस्किन्छ  र महासागर को गहिराई मापन गर्दै अर्को टापुमा पुग्दछ ।
सुरुङ मार्ग भएर चल्ने जापानको ट्रेनले संसारमा प्रख्यात नाम चलेको लण्डन मेट्रो ट्रेनलाई पनि पछि पार्छ ।पाहाड र पखेरोमा हुर्केका हामी नेपालीलाई त जापानका जंगलहरु त बंगैचा जस्तो लाग्छ ।
पाहाड र गाउँ घरमा छंदा आकाशमा उडेका चिल र गिद्दको सम्झना जापानमा हामीलाई हवाईजहाजहरुले दिने गर्छन् । टोकियो सहरमा थुप्रिएका मानिसहरुको भिडलाई हेर्ने हो भने त यस्तो लाग्छ की मानौ संसारभरीका मानिसहरु यहाँ सुनको डल्ला टिप्न आएका छन् ।

जापानको संस्कृतिलाई त झनै विश्वले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको छ ।

हामी विकासोन्मुख देशका मानिसहरुलाई  जापानमा कुन बेला पाईला टेक्न पाए हुन्थ्यो जस्तो लाग्नु स्वाभाविक हो । जापानको वास्तविकता बुझ्नु भनेको नमरी स्वर्ग देखिन्न भने झैँ जापानमानै आउन पर्छ ।
जापान विकसित हुनुका धेरै कारण मध्य जापानीहरुको कडा मिहेनत हो ।जापानीहरु ठुला सपना देख्छन् र त्यसलाई पुरा गर्न कडा मिहेनतमा लागि हाल्छन् ।तर विकसित राष्ट्रका वासिन्दा भए पनि उनीहरु सामान्य जीवनयापन जिउन मन पराउँछन् ।उनीहरुले कामलाई धेरै महत्व दिन्छन् । उनीहरुको जीवनमा काम सिवाय अरु कुराको खासै महत्व राख्दैन । हामी नेपालीहरुमा आफ्नो परिवार नातागोता छरछिमेकी भनेको जस्तो उनीहरुमा आफ्नो परिवार र नातागोता प्रति खासै मोह हुँदैन ।
निश्चित उमेरपछी एक्लै बस्ने छुट हुने पैसाकैलागी भएपनी काम त गर्नैपर्यो । थकान /दवाब आदीको कारण आत्महत्याको दर पनी उच्च रहेछ जापानमा ,तर सरकारी तथ्याकंमा रहेतापनी जनमानसमा नकारात्मक असर साथै विश्व समुदायले हेर्ने दृष्टीकोणको कारण देखाउदै बाहिर ल्याउने काम गरिदोरहेनछ ।
जापानमा हरेक मानिसलाई निश्चित उमेर भएपछि एक्लै बस्ने छुट हुन्छ । तर एक्लोपना र आत्मीयताको अभावमा जापानमा आत्महत्याको दर जापानमा उच्च छ ।तर त्यो वास्तविकतालाई जापानी सरकारले नकारात्मक प्रभाव नपरोस भनेर  वाहिर ल्याउन ईन्कार गर्छ ।
जापानमा काम गर्ने प्रयाजशो युवाहरु थकान भुलाउन चुरोट र रक्सीको साहारा लिने गर्छन्  । आफ्नो जिम्मेवारी पुरा गर्न कार्यालयमा अत्याधिक मिहेनत गर्ने र ब्रेकको समयमा चुरोट पिउने गर्दा रहेछन् ।
हामी नेपालीहरु साथीहरु भेट हुँदा चिया पिउने गरेजस्तै जापानीहरु त्यसलाई नोमिनी इकु (पिउन जाउँ ) भन्दा रहेछन् ।
हामीले चिया पिए जस्तै उनीहरुले वियर पिउँदा रहेछन् । मैले देखे भोगे अनुसार जापानीहरु नेपालीहरु भन्दा बढी रक्सि पिउँदा रहेछन् । तर उनीहरुले रक्सि पिउने समय पहिले नै छुट्टाएर भ्रद्र भएर समयमा नै रक्सि पिएर आफ्नो काममा फर्किहाल्दा रहेछन् ।
 जापानी रेष्टुरेन्टमा अचम्म किसिमको परिपाटी रहेछ सिधै छिर्नासाथ पिउने कुराको अडर गर्ने अनी (खाम्पाई ) चियर्स गर्ने ।त्यसपछि  बल्ल अन्य विषयमा कुरा गर्दा रहेछन।
जापानीहरुको तुलनामा हामी नेपालीहरुको जिन्दगि केहि अभावमय होला तर उनीहरु भन्दा हामी धेरै खुसी छौ । हामीलाई अभाव हुँदा  अैचोंपैचो चलाउछौ, सुख दुख एक अर्कामा साटासाट गर्छौ  तर  जापानीहरु बाहिर हेर्दा जति धेरै सुकिलामुकिला छन त्यति नै भित्र भित्र छट्पटिएका हुन्छन् ।
जापानीहरुको लागि पैसा र मिहेनत भन्दा अरुमा खासै रुची देखाउंदैनन् ।आफ्ना पीडाहरु अरुलाई भन्न नरुचाउने र आफ्ना समस्याको समाधान गर्न आफै कस्सिने जापानीहरुको बानि अचम्म लाग्दो छ।
हाम्रो समाचामा मानिस सामाजिक प्राणि भनेर धेरै नै भन्ने गरिन्छ तर जापानीहरुको जीवन शैली हेर्दा त्यस्तो लाग्दैन । जापानीहरु आफु, आफ्नो काम र आफ्नो देश भन्दा अरु केहि सोच्दैनन् नेपालीहरुको नजरमा हेर्दा हामीलाई जापानीहरु व्यक्तिवादी छन् जस्तो लाग्छ तर उनीहरु आफ्नो लक्ष्य प्रति ईमान्दार रुपले कस्सिएर लागेका छन् ।
 नेपाली र जापनिहरुमा फरक भनेको हामी नेपाली विनिमय वस्तुसंग दाज्दछौ भने जापानीहरु आफ्नो कर्म संग दाज्दछ्न् ।
नेपाली समाजले जापान बाट सिक्ने भनेको उनीहरुको श्रम प्रतिको सम्मान र लगाव हो भने नेपालीहरु बाट जापानीहरुले सिक्ने भनेको आत्मियता र एक अर्कामा सम्मान गर्ने स्वभाव हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्