जापानको टोकियोमा रुपन्देही समाजको नयाँ वर्ष धमाका

Rupandehi-Samajटोकियो । जापानको टोकियोमा नेपाली नयाँ वर्ष २०७३ को अवसरमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

रुपन्देहीबाट जापान आइ विभिन्न पेसा, रोजगारी, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका रहेकाहरुको साझा संस्था रुपन्देही समाज जापानको आयोजनामा नयाँ वर्ष धमाका हुन लागेको हो ।

२०७२ साललाई बिदाई गर्दै नयाँ वर्ष २०७३ लाई स्वागत तथा शुभकामना आदानप्रदानका लागि रात्रीभोजसहितको कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा चर्चित गायकहरु सूर्य खड्का, विनोद भण्डारी, नृत्यांगनाहरु संगीता क्षेत्री, निरा केसी, निशा केसी, गोमा गौमतलगायतको प्रस्तुति रहने जनाइएको छ ।

यसैगरी टोकियो रोधी क्लबका स्थापित कलाकारहरु सञ्जय गुरुङ र देवराज आले मगर, गायिकाहरु शान्तिश्री परियार, शिला गुरुङ र सलिना नेपालीलगायतलाई समेत आमन्त्रित गरिएको छ ।

आगामी अप्रिल १२ तारिखका दिन टोकियो रोधी क्लबमा हुने कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई भव्य रुपमा मनाउन सम्पूर्ण जापानबासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?