जापानमा सुरक्षा कानुनविरुद्ध ३७ हजार बढीको प्रदर्शन

Japan protectटोकियो । जापानी सरकारले विरोधाभाषपूर्ण सुरक्षा कानुन लागु गरेको भन्दै त्यसको विरोधमा ३७ हजारभन्दा बढी जापानीहरु विरोधमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरुले ‘युद्द सकियो ९वार इज ओभर० अवेको प्रशासन खारेज गर’ लेखिएको ब्यानर बोकेर सरकारको विरोध गरेका थिए ।

सरकारको गलत नीतिको कारण युद्द विरोधी जापानको नीतिलाई रक्षा गर्न असहयोग पुग्ने भन्दै प्रदर्शनकारीहरुले सिन्जो आवे नेतृत्वको जापानी सरकारको आलोचना गरेर नारावाजी गरेका थिए ।

त्यो सुरक्षा सम्बन्धि कानुन जापानी प्रधानमन्त्री सिन्जो आवेले अमेरिकासंग सहकार्य गर्न तयार पारेका थिए । अमेरिका र जापान मिलेर दुवै देशको आन्तरिक सुरक्षा सुदृढ गर्न अभ्यास गर्ने उदेश्यले सो योजना आवेले तयार पारेका थिए ।

सो प्रदर्शनमा सहभागी भर्खरै गठन गरिएको नयाँ प्रतिपक्षी पार्टीका महासचिव युकी एदानोले सिन्जो आवेको प्रशासनले कानुनलाई अस्विकार गरेको हुनाले सरकारले आफ्नो बैधानिकता गुमाएको बताएका छन् ।

सरकारको त्यो रवैया विरुद्द हरेक जापानी नागरिकले आफ्नो देश बचाउन व्यक्तिगत तवरले उभिन पाउने अधिकार रहेको एदानोले बताए ।

किकुकु यामागुचीले सरकारले जनताको त्यो कानुनको पक्षमा उठेको आवाजलाई वेवास्ता गरेको र जापानले ७० वर्ष अघि नै युद्दको विरोधमा संविधानमानै उल्लेख गरेको कुरालाई पनि आवे सरकारले वेवास्ता गरेको बताएका छन् ।

यामागुची ले भनिन्, ‘म हाम्रा बच्चा र नातिहरु युद्द मैदानमा गएको हेर्न चाहन्न ।’ प्रदर्शनको आयोजककर्ता मध्य एक नाहोको हिशियामाले प्रधानमन्त्री सिन्जो आवेले जापानको प्रजातान्त्रिक प्रक्रियालाई अस्विकार गरेको र सरकार विरुद्द जनताले उठाएका फरक मतलाई वेवास्ता गर्ने गरेको बताएका छन् ।

जापानको राष्ट्रिय पोषण विभागको कार्यालय अगाडी सो प्रदर्शनको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?