जापानमा नेपाली विद्यार्थी कक्षामा किन सुत्छन् ? (सकस-२)

sleeping-classroom

  • नविन निउरे

विकशित राष्ट्रको शैक्षिक प्रणाली नेपाल भन्दा कैयौ गुणा फरक छ । शिक्षक र शिक्षिका तालिम प्राप्त हुन्छन् ।

निश्चित समय सिमा भित्र तोकिएको पाठ्यपुस्तक र पाठ्य सामाग्री पढाउनु पर्ने अनिवार्य दैनिक कक्षा हुन्छन् । निर्धारित समयसीमामा प्राय पढाईएको अनुभूत विद्यार्थीले गर्छन् ।

पाठ्य सामाग्रीमा उल्लेख गरिएका प्रयोगात्मक र सैद्धान्तिक दुवैलाई समायोजन गर्दै परिष्कृत अध्यापन गराउने दायित्वबोध गरी नियमित आ–आफ्ना पिरियडमा शिक्षक/शिक्षिका आउने गर्छन ।

जापान उड्ने खुड्किला
जापानमा अध्ययन गर्न आउने अधिकांशको सोच धन आर्जन नै प्रमुख हुन्छ । जापानमा चीन, नेपाल, भियतनामलगायत देशबाट विद्यार्थी भिषामा बढी आउने गर्छन् । आउनुअघि ६ महिना वा १ वर्षको स्कुल फी बुझाएपछि इलीजीबीलीटी लेटर हातमा पर्ने गर्छ ।

लगभग ७ देखि साढे ७ लाख नेपाली रकम स्कुललाई १ वर्षे फी बुझाउछन् । ए, होस्टेल फी समेत ३/६ महिनाको बुझाई (लगभग ३ महिनाको ३०/४० हजार मासिक) प्रवेशको लागि सहज बाटो खुल्छ । त्यसपछि जापान प्रवेश गरिन्छ विद्यार्थी भिषामा ।

स्कुलको नियम
प्रायः जसो स्कुलमा बिहान र दिउँसो गरी २ कक्षा संचालन गरिएको हुन्छ । लगभग साढे ३ घन्टे कक्षामा नियमित अध्ययन गर्नु पर्ने कडिकडाउ नियमन गरिएको हुन्छ । जापानी भाषा अध्ययन कक्षा प्रायः स्कुलमा २/३ पिरियड तोकिएको हुन्छ ।

प्रत्येक पिरियडमा नियमित हाजिर हुन्छ । हाजिरकै कारणले जापानमा भिषा लाग्ने हुँदा परीक्षा भन्दा महत्वपूर्ण आईरन गेट हाजिरलाइ लिन्छ इमिग्रेशन व्युरो ।

त्यसपछि नियमित कर तिरे नतिरेको, ईन्सुरेन्सलगायत सरकारी तोकिएको रकम तिरे नतिरेको साथै २८ घण्टा भन्दा बढी काम गरे नगरेको चेक जाँच गरी भिषा लाग्ने वा नलाग्ने कुराको निर्धारण अर्थात हर्कतमा भर पर्ने विषय अन्तर्गत पर्छ । भिषा कति वर्षको दिन्छ भन्ने बारे यकिन गर्न सकिन्न ।

कक्षामा किन सुत्छन् ?
जापान कडा परिश्रमी हातहरुले विकशित भएको देश हो । समयमा काममा जानु, निर्धारित समय भित्र काम सकी फर्कने नियमित दैनिकी हुन् । जापानी जो कोही पनि कडा परिश्रम गर्न आनाकानी गर्दैनन् । मेहनती हुन्छन् । निरन्तर २४ घण्टासम्म खट्न सक्ने हुन्छन् ।

कडा परिश्रमी, काममा भोक निन्द्रासँग प्रवाह नगरी दल्लिएका हुन्छन् । यहि खटाईमा विदेशी विद्यार्थी अर्थात् नेपाली विद्यार्थीसँगै सामेल हुन्छन् । अनि सुरु हुन्छ धन कमाउने जोसिला अनुहार र जागरिला शरीरको दैनिक खटाईको लखतरान जीवनको सुरुवात ।

विद्यार्थीलाई २८ घण्टा हप्ता भरी गर्ने कामको समयसीमा तोकिएपनि ५० घण्टा भन्दा बढी काम गर्नाले अधिक कमाउन त सक्छन् । तर, निन्द्राको चापमा काम गर्ने भएकोले रेल भित्र र स्कूलमा निदाउनु पर्ने बाध्यता वा रहर कसरी बुझ्ने ? यसलाई मनग्य आम्दानी गर्ने महत्वकाक्षी नै भनौ ।

त्यसो त १०/१२ लाख ऋण काडेर जापान छिर्नेलाई तनाब भैराख्नाले काम बाध्यता बनिदिन्छ । साथै २८ घण्टा काम गरेर सामान्य खान बस्न मात्रै पुग्ने हुँदा अधिक काम गर्नु बाध्यता पनि हो ।

यसरी खट्दा बस्ने कोठा ससुराली र पढ्ने कक्षा कोठा घर जस्तो भइदिन्छ । काम र स्कुल फेरि स्कुल र काम, कोठा फाल्तु जस्तै हुन्छ । निन्द्रा प्रायको कक्षामा पढ्दा पढ्दै पुरा हुन्छ । नेपालका आफ्ना आफन्तले सोधे बिजिनेश, आईटी लगायत विषय पढेको भने पनि भाषागत समस्या र निन्द्राले गाजिरहन्छ ।

त्यसैले पढाई निरर्थक हुन्छ । निन्द्रा प्राण भन्दा प्यारो बनिदिन्छ । पढ्नु सहायक, निन्द्रा प्राथमिकतामा पर्ने गर्छन् । पढ्ने पढ्छन्, सुत्ने सुतिरहन्छन्, पढाउने पढाई रहन्छन् । यी नियमित चलिनैरहन्छ । यस्ता बाध्यता बिदेशी विद्यार्थीमा प्राय भेटिन्छन् । अधिकांश विद्यार्थीको वास्तविकता यहि नै हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्