जापानस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण

Mashewor-risalजसरी विगत  एक दशकमा  नेपालीहरुको जनसंख्यामा वृद्दि  भएको छ त्यसैगरी सामाजिक गतिविधिमा पनि वृद्दी भएको छ ।

दश बर्ष अघि नेपाली भेट्न, नेपाली कार्यक्रममा भाग लिन पाउदा  घर परिवारको न्यास्रो मेटिने गर्थ्यो ।

अहिले कुनै न कुनै सामाजिक नारा दिएर सयौ संघसंस्था खुलेका छन् नेपाली व्यावसायीहरु पनि छ्यास छ्यास्ति बढेका छन् र हप्तै पिच्छे जस्तो कार्यक्रमहरुको आयोजना हुन्छन्  ।

एउटा नेपाली को मृत्यु हुदा होस या अलि ठूलाे बिरामी हुँदा होस सहयोगको आवहान गरिहालिन्छन् ।

नेपालमा कुनै जिल्लाको अस्पतालमा एक्सरे मेशिन राख्ने काम होस या स्कुल भवन निर्माण गर्ने कुरामा होस सहयोग जुटिहाल्छ।

अहिलेको जापानबासी नेपालीको माहाैल यस्तो बनेको छ कि कसैलाई समस्या पर्यो भने त्यहॉ कुनै न कुनै संस्था पुगिहाल्छ यसरी हामी नेपालीमा सहयोगी भावना सहयोगी मन हुनु अति राम्रो कुरा हो सायद जापानबासि नेपालीको सहयोगी ब्यबहारले गर्दा नै होला महाभूकम्पका बेलामा पनि सबै भन्दा बढि सहयोग पठाउने मुलुकमा जापान परेको थियो ।

यस्तो राम्रो वातावरण कतै धमिलो बन्ने त होईन ? एउटा चिन्ताको विषय बनेको छ । यस्तो सहयोगी माहोलको कतै दुरुपयोग त हुने होईन ? मेरो मनमा कौतुहलता बढेको छ ।

आजकल यति धेरै कार्यक्रमहरु आयोजना हुन लागेका छन् यति धेरै सहयोगका नारा आउन थालेका छन् कि कुनै एउटा ठॉउनै तोकिएको हुदैन सहयोग कहॉ पुग्ने र कस्ले पाउने केहि खुलाईएको पनि हुदैन।

यति सम्म कि फाईदाको केहि प्रतिशत सामाजिक काममा लगानि गर्ने भनिएको हुन्छ तर कहॉ कसरी केहि खुलाईदैन ।

तर कार्यक्रमको चॉहि यति प्रचार गरिन्छ कि त्यहॉ नगए गएलनै भईन्छ कि भन्ने लाग्छ । सहयोग संकलन पछि हिसाब किताब सार्वजनिक पनि गरिदैन ।

कुनै कार्यक्रम पछि यसरि अहिले जापानबासी नेपालीमा बनेको यो सहयोगी माहोलको दुरुपयोग नहोस भनेर सोच्ने बेला आएको छ ।

त्यसको लागि एउटा निति नियमको आबश्यक महसुस भएको छ।

हामी जापानबासी नेपालीको सहयोगी मनको दुरुपयोग नहोस भन्नको लागि त्यस्तो अवस्थाको सहि ब्यबस्थापनका लागी उचित कदम चाल्नु आवश्यक छ।

हाम्रो यो सहयोगी माहोललाई कसैले व्यापार नबनाओस यस बिषय प्रति जापान स्थित नेपाली दुतावास प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

लेखक गैर आवासीय नेपाली संघ, जापान, गुन्मा क्षेत्रिय समिति, संयोजक तथा नेपाली साझा समाज जापान, वरिष्ठ उपाध्यक्ष हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?