‘यसकारण मेस्सीले अर्जेन्टिनालाई विश्व कप जिताउन सक्छन्

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न सकेमा अर्जेन्टिनाले यस पटक विश्व कपको उपाधि जित्नेमा पूर्व अर्जेन्टिनी खेलाडी रोमन रिकिल्मे विश्वस्त छन् ।

विश्व कपमा छनोट हुन संघर्ष गर्नु परेको अर्जेन्टिनी टोलीलाई यसपटक धेरै समर्थकहरुले कडा दाबेदारको रुपमा हेरेका छैनन् । तर अर्जेन्टिनाका पूर्व मिडफिल्डर रिकिल्मे भने मेस्सीको जादु चलेमा अर्जेन्टिनाले रुस विश्वकपको उपाधि जित्ने बताउँछन् ।

‘म आशावादी छु हामीले यसपटक राम्रो खेल्नेछौं । सबै खेलाडीहरु र मुख्यतः मेस्सीले राम्रो खेल्न पर्छ । ‘, उनले एल ट्रेसे सँग बताए , ‘मेस्सीले राम्रो खेले अर्जेन्टिनाको सम्भावना बढ्नेछ । मेस्सी राम्रो लयमा रहँदा कुनै लक्ष्य जटिल हुँदैन ‘ , उनले थपे ।

त्यस्तै रिकिल्मेको नजरमा मेस्सी नै सबै भन्दा उत्कृष्ट खेलाडी हुन् , ‘मेस्सी उत्कृष्ट छन् , रोनाल्डो र मेस्सी दुवैले एकअर्कालाई थप सुधार्न उर्जा दिँदै आएका छन् । ‘
३९ वर्षीय पूर्व एट्याकिङ्ग मिडफिल्डर रिकिल्मेले अर्जेन्टिनाबाट ५१ खेल खेल्दै १७ गोल गरेका छन् । खेल जीवनमा उनले बार्सिलोनामा ३ वर्ष बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?