सोनीद्वारा एआईले बनाएको संगीतको स्रोत पत्ता लगाउने प्रविधि विकास

टोकियो। जापानी कम्पनी सोनी ग्रुपले कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा बनाइएको संगीतको मूल स्रोत पहिचान गर्ने प्रविधि विकास गरेको जनाएको छ ।

एआई प्रशिक्षणका क्रममा कपीराइट भएका सामग्री बिना अनुमति प्रयोग भइरहेको चिन्ता बढ्दै गएपछि सिर्जनाकर्ताको अधिकार जोगाउन यस्तो प्रविधि ल्याइएको हो ।

सोनीका अनुसार यो नयाँ प्रविधि प्रयोग गरेर संगीतकार, गीतकार र प्रकाशकहरूले आफ्ना सिर्जना बिना अनुमति प्रयोग गरेको अवस्थामा एआई विकासकर्तासँग क्षतिपूर्ति माग गर्न सक्नेछन् ।

सोनीको प्रविधिले आधारभूत एआई मोडलबाट डाटा निकालेर एआईले बनाएको संगीतलाई मूल स्रोतसँग तुलना गर्न सक्छ ।

साथै, कुन मूल गीतको कति योगदान छ भन्ने पनि मापन गर्न सकिने भएकाले राजस्व संकलन प्रक्रिया सहज हुने बताइएको छ ।

जापानी इलेक्ट्रोनिक्स समूहको मनोरञ्जन विभागका एक प्रवक्ताले भने, ‘हामी सिर्जनाकर्ताहरूले उचित पारिश्रमिक पाउने प्रणाली निर्माणमा योगदान गर्न चाहन्छौं ।’

समूहिक रुपमा यस्ता सिर्जनात्मक सामग्री सुरक्षाका प्रयासहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । सन् २०२४ मा अमेरिकास्थित सोनी म्युजिक इन्टरटेनमेन्टले एआई प्रयोग गरेर संगीत बनाउने क्रममा प्रतिलिपि अधिकार उल्लंघन भएको आरोपमा एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?