जापानमा नारी दिवस भव्य रुपमा मनाइँदै

टोकियो । जापानको राजधानी टोकियोमा अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाइने भएको छ ।

महिला सशक्तीकरण, साहित्य तथा नेपाली समाजमा नारीको भूमिकालाई उजार गर्ने उद्देश्यले आगामी ७ मार्च, २०२६ मा नारी दिवस विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपाली राजदूतावास टोकियो र गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा साहित्य चौतारी नेपाल, जापान शाखा सहआयोजक रहेको छ ।

उक्त कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन जापानबासी सम्पूर्ण नेपाली समुदायलाई आयोजकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?