यौन दुर्व्यवहारको आरोपमा फुड डेलिभरी गर्ने युवक पक्राउ

क्योटो । जापानको क्योटो प्रहरीले २३ वर्षीया महिलाको अपार्टमेन्टमा जबर्जस्ती प्रवेश गरी यौन दुर्व्यवहार गरेको आरोपमा ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्ने दाइसुके तानीगुची नामका व्यक्ति फुड डेलिभरी गर्ने व्यक्ति हुन् । सानकेई सिम्बुनका अनुसार उनले साक्यो वार्डमा रहेको ती महिलाको अपार्टमेन्टमा दुई पटक खाना पुर्‍याएका थिए ।

प्रहरीले जनाएअनुसार, जनवरी २९ को बिहान ३ बजे देखि ७ः४५ बजेको बीचमा उनले अपार्टमेन्टमा जबर्जस्ती प्रवेश गरेका थिए । उनले महिलालाई धम्क्याउँदै आफूले केही नगर्ने र पैसा पनि नचाहिने भन्दै प्रहरीमा खबर नगर्न आग्रह गरेका थिए ।

तर जबर्जस्ती अपार्टमेन्टमा घुसेर उनले महिलामा यौन दुर्व्यवहार गरेको आरोप छ । सो क्रममा महिला घाइते भएको र निको हुन दुई हप्तासम्म लाग्नसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तानीगुचीले खाना डेलिभरी गर्न जाँदा दुई पटक भेटेपछि ती महिलाप्रति आफू आकर्षित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?