एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय संयोजकमा दिपक कडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक क्षेत्रीय संयोजक पदमा दिपक कँडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले युवा तथा दोस्रो पुस्तामैत्री एनआरएनएको नारासहित आगामी १२औं महाधिवेशनमा २०२५–२७ कार्यकालका लागि एसिया–प्रशान्त क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै विदेशमा बसेर नेपाल र नेपालीको पहिचान, अधिकार, अवसर र हित संरक्षणका लागि आवाज उठाउँदै आएको आगामी दिनमा आफूले यो जिम्मेवारी पाएमा सम्पूर्ण सहयोगी, शुभेच्छुक र समुदायलाई अझ नजिक ल्याउने प्रतिबद्धता जनाएका छन् ।

उनले एसिया–प्यासिफिक क्षेत्र विश्वभरिका नेपालीहरूको सबैभन्दा सक्रिय, ठूलो र सम्भावनाले भरिएको क्षेत्र भएको उल्लेख गर्दै यहाँका नेपालीको समस्या पहिचान, समाधान, अवसर विस्तार तथा संस्थागत संयोजनलाई अझ प्रभावकारी बनाउन आफू क्रियाशील हुने उनले उल्लेख गरेका छन् ।

सो अवसरमा उनले आफ्ना पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । जो निम्नानुसार छन् :–

१. युवामैत्री एनआरएनए—युवा सहभागिता, नेतृत्व विकास र अवसर विस्तार एव बिदेश मा हुर्कदै गरेका दोस्रो पुस्तालाई नेपालसँग जोड्नका लागि बिशेष कार्ययोजना

२. सीप, रोजगार र व्यवसायिक साझेदारी—नेपाल र एसिया–प्यासिफिकबीच आर्थिक एवं उद्यमशीलता पुल निर्माण

३. समुदाय एकता तथा पारदर्शिता—सशक्त, पारदर्शी र सबैलाई समेट्ने एनआरएनए

४. आपतकालीन सहायता संयोजन—समुदायका नेपालीलाई संकटमा छिटो राहत र सहजीकरण

५. नेपाल–एसिया प्यासिफिक सांस्कृतिक, शैक्षिक तथा आर्थिक सम्बन्ध सुदृढीकरण

उनले आफ्ना अभियानहरू अघि बढाउन निरन्तर मार्गदर्शन, सुझाव र समर्थन मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?