खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै जनकल्याणकारी संस्था जापानको पाँचौ अधिवेशन सम्पन्न

जनकल्याणकारी संस्था जापानको पाँचौं अधिवेशन कृष्ण खरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनको बन्द सत्रले संशोधित विधानलाई पारित गर्दै संरक्षक हरिप्रसाद खरालको संयोजकत्वमा संस्थापक अध्यक्ष तथा संरक्षक टिकाराम खरेल र संरक्षक घनश्याम कडेल (अर्जुन) रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रिन्सेस खरेल, खेमराज खरेल र ध्रुव कँडेल रहेका छन् भने सचिवमा प्रकाश लामिछाने, सहसचिवमा लक्षु रिजाल, कोषाध्यक्षमा केशव प्रसाद सापकोटा र सहकोषाध्यक्षमा कृष्ण घिमिरे रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कमला कँडेल, कमल सापकोटा, नवीन कँडेल, विनाराम खरेल, अस्मिता खनाल गैरे, बिष्णु सापकोटा, कृष्ण खरेल, इन्द्रमणि मरासिनी, पूर्ण बहादुर जि.सी, चन्द्र कान्त मरासिनी, दिपा पाण्डेय र बिष्णु सापकोटा तथा महिला संयोजकमा शोभा घिमिरे रहेका छन् ।

जनकल्याणकारी संस्था जापानको पाँचौ अधिवेशन संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व तथा प्रमुख अथिति गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुवाष लामिछाने, विशिष्ट अथितिहरू अर्लाङ्गकोट सेवा समाजका अध्यक्ष गोपाल सापकोटा, नेपाल कल्याण समाजका अध्यक्ष विष्णु शर्मा, वामी सेवा समिति जापानका प्रतिनिधि होमनाथ सापकोटा, अतिथिहरुमा जनकल्याणकारी संस्था जापानका संस्थापक अध्यक्ष एवं संरक्षक टिकाराम खरेल, संरक्षक हरिप्रसाद खराल, संरक्षक घनश्याम कँडेल (अर्जुन) रहेका थिए ।

यसैगरी कार्यक्रम संयोजकमा लक्ष्मण रिजाल रहेका थिए भने जनकल्याणकारी संस्था जापानका सदस्य सागर खरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रमुख अतिथि सुभाष लामिछानेले जनकल्याणकारी संस्था जापानको ‘सेवा नै धर्म हो’ भन्ने कुरालाई जोड दिँदै जनकल्याणकाशरी संस्थाको उत्साहजनक उपस्थितिले आफूलाई पनि सामाजिक कार्यमा अग्रसर रहिरहने प्रेरणासहितको उर्जा मिलेको बताए ।

संस्थाका संस्थापक अध्यक्ष एवंम संरक्षक टिकाराम खरेलले संस्था स्थापनाकालको अवस्थालाई स्मरण गरेका थिए भने संरक्षक घनश्याम कंडेल (अर्जुन) ले संस्थाको बारेमा प्रकाश पारेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक टीकाराम खरेलले संस्थाको उदेश्यमाथि प्रकाश पारेका थिए । संस्थाका सचिव तेजप्रसाद खरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका आजीवन र साधारण सदस्यहरुलाई सम्मान–पत्र बितरण गरिएको थियो । साथै जनकल्याणकारी संस्था जापानले नेपालमा रहेका भोजराज सापकोटा (बिष्णु), बेदप्रसाद लोहनी, छविलाल कँडेललाई सहयोग हस्तान्तरण कार्यक्रममा प्रत्यक्ष सहभागी भई सहयोग गरेकोमा सम्मानपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?