
ओकिनावा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति ओकिनावाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले रेशम पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।
विभागको उप–संयोजकमा रामप्रसाद आचार्य, सचिवमा मनोज साह, उप–सचिवमा रबिन गिरी र कोषाध्यक्षमा मनोज थापा काजी रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा मनोज लामा, सुशील अधिकारी, रोहित जंग ओली, अमृत हमाल, गौरिकला ढकाल र राजेश लामा रहेका छन् ।
जल मार्ग र हवाई मार्गबाट मात्र पुग्न सकिने ओकिनावामा शनिबार अधिवेशन सम्पन्न भएको हो । ओकिनावामा करिब ६ हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ ।
प्रवास नेपाली सम्पर्क विभाग, जापान क्षेत्रीय समिति ओकिनावाका संयोजक रेशम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपाने विशिष्ठ अतिथि एवं प्रवास नेपाली सम्पर्क विभाग, जापानका प्रमुख दिपक कार्की (केसी) प्रमुख अतिथि थिए ।
कार्यक्रमका न्यौपाने, कार्कीसहित अतिथिहरुले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) ले जापानभरी ७ क्षेत्रीय समिति रहेकोमा विस्तार गरि १३ वटा पुर्याइने बताए ।
कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपानेले जसको आस्था जहाँ रहेपनि पार्टी नै परिवर्तन गर्न नपर्ने बताउँदै मत मात्र परिवर्तन गरी १ पटकलाई मत घण्टीमा रास्वपालाई दिन आग्रह गरे ।







