राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते आइतबार जापान भ्रमणमा जाने निश्चित भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

जापान बसाईका क्रममा राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?