टोकियोमा डा. हेमराज शर्मासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्मासँग परिचय, अन्तरक्रिया तथा शुभेच्छा आदान–प्रदान गर्ने उद्देश्यले टोकियोमा ‘मिट एन्ड ग्रीट कार्यक्रम’ आयोजना गरिने भएको छ।

कार्यक्रम आगामी जनवरी ४ मा साँझ ५ बजे देखि गाजेबो टोकियोमा आयोजना गरिने गैरआवासीय नेपाली संघ जापानले जनाएको छ। कार्यक्रम शिन्जुकु सिटीको ह्याकुनिन्चो क्षेत्रमा हुनेछ।

एनआरएनए जापानको आयोजनामा हुन लागेको कार्यक्रममा जापानमा रहेका नेपालीहरुले डा. शर्मासँग प्रत्यक्ष भेटघाट, विचार आदान–प्रदान तथा शुभेच्छा व्यक्त गर्ने अवसर मिल्ने जनाइएको छ।

आयोजक संस्थाका अनुसार कार्यक्रमले गैरआवासीय नेपाली बीच आपसी समझदारी, एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। कार्यक्रममा जापानमा रहेका विभिन्न पेशा, क्षेत्र र समुदायका नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?