टोकियो कविता कन्सर्टको तेस्रो शृङ्खला हुँदै

टोकियो। जापानमा बसेर नेपाली साहित्य क्षेत्रमा सक्रिय पाँच जना कविहरूका उत्कृष्ट रचनाको वाचनसहित टोकियो कविता कन्सर्टको तेस्रो शृङ्खला (७५ औँ नियमित साहित्य शृङ्खला) आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरको आयोजनामा हुन लागेको कार्यक्रम विश्व कविता दिवस तथा ईदको नयाँ वर्षको अवसर पारेर विशेष साहित्यिक समारोहका रूपमा गरिने आयोजकले जनाएका छन्। कार्यक्रममा कवि, साहित्यप्रेमी तथा व्यक्ति संस्थागत प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कविता कन्सर्ट २०२६ जनवरी ११ तारिख दिउँसो १ बजेबाट ओकुबो स्टेसन नजिकै रहेको नेवा डाइनिङमा आयोजना हुनेछ। आयोजकले कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?