अर्घाखाँची समाज जापानको अध्यक्षमा टोप बहादुर निर्विरोध चयन

टोकियो । टोप बहादुर घर्ती मगरको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गर्दै अर्घाखाँची समाज जापानको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

नवगठित कार्यसमितिको सल्लाहकार संयोजकमा नारायण प्रसाद भुसाल चयन भएका छन्। उपाध्यक्षमा संगीता थापा, इन्दिरा खनाल, अर्जुन आचार्य, गोबिन्द बिस्ट र सरोज भुसाल चयन भएका छन्।

यस्तै, महासचिवमा अबिनाश जि.सी. चयन भएका छन् भने सचिवमा असीम खनाल, चन्द्र प्रकाश भुसाल र मधु क्षेत्री रहेका छन्। कोषाध्यक्षमा निरन्जन खड्का तथा सह–कोषाध्यक्षमा केशब रेग्मी र धर्मराज पौडेल चयन भएका छन्।

क्षेत्रीय संयोजनतर्फ नागोया क्षेत्रीय अध्यक्षमा मनोज खनाल, महिला संयोजकमा कमला के.सी. र युवा संयोजकमा नारायण भट्टराई चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा दिल प्रसाद श्रेष्ठ, गोकर्ण क्षेत्री, राजेन्द्र श्रेष्ठ, नबराज घिमिरे रोय, इन्दिरा के.सी., माधव खत्री, चेतन घर्ती मगर, ज्ञान प्रसाद आचार्य, मीना थापा, शंकर रायमाझी, नवराज घिमिरे, दिल्ली रेश्मी, बसन बस्नेत तथा शर्मिला खड्का वली रहेका छन्।

नवगठित कार्यसमितिले जापानमा रहेका अर्घाखाँचीबासीबीच आपसी एकता सुदृढ गर्दै समाजमुखी गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

अधिवेशनमा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभास लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ तथा एनआरएनए जापानका प्रवक्ता रविन शर्मा लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?