गलकोट स्पोर्टस क्लब जापानको अध्यक्षमा रमेशकुमार खत्री

टोकियो । गलकोट स्पोर्टस् क्लब जापानको अध्यक्षमा रमेशकुमार खत्री चयन भएका छन् । टोकियोमा सम्पन्न छैठौं अधिवेशनले खत्रीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश खत्री, उपाध्यक्षहरुमा दिनेश थापा, सुरज केसी, असिम बस्नेत र खिम निउरे चयन भएका छन् ।

यसैगरी महासचिवमा नारायण थापा, सचिवमा पवन शर्मा र किरण गौतम, कोषाध्यक्षमा कुशल भण्डारी, सहकोषाध्यक्षद्वयमा दिपक क्षेत्री खिम र पवन क्षेत्री चयन भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले बताए ।

यसैगरी खेल संयोजकको जिम्मेवारी बिजय बस्नेतलाई र लेखा संयोजकको जिम्मेवारी झकबहादुर बस्नेतलाई दिइएको छ भने सदस्यहरुमा प्रेम पुन, शितल कार्की, राजु क्षेत्री, रोशन बस्नेत बेलु, कृष्ण बोहोरा र बिशाल क्षेत्री चयन भएका छन् ।

समारोहमा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ल, पर्वत समाज जापानका अध्यक्ष राम बाँस्तोला, धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, बिहुँकोट समाज जापानका उपाध्यक्ष रामु कँडेल, क्लबका सल्लाहकार रामकृष्ण बम मल्ल लगायतले अधिवेशन सफलताको शुभकामनासहित नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

खेलकुदका माध्यमबाट युवाहरुमा रहेको क्षमता उजागर गर्नुका साथै अनुशासित र मर्यादित समाज निर्माणमा योगदान पुर्‍याउनुपर्ने उनीहरुको भनाई थियो ।

अधिवेशनका क्रममा सूचना, समाचार तथा पत्रकारितामार्फत नेपानी समुदायको पहिचान संरक्षण, समाजसेवा, सांस्कृतिक प्रवद्र्धन तथा प्रवासी नेपालीहरुको हितका क्षेत्रमा काम गरेको भन्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरिएको थियो ।

यसैगरी क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिरा शेरचन, क्लबका सल्लाहकार तथा टिम कोच अम्मर भण्डारी र क्लबका सक्रिय सदस्य दीपक क्षेत्री ‘खिम’ लाई खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?