रास्वपाको प्रवासी नेपाली सम्पर्क विभाग जापानको नयाँ कार्यसमिति चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासी संगठन ‘प्रवासी नेपाली सम्पर्क विभाग जापान’ को नयाँ कार्यसमिति चयन भएको छ ।

संगठनको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनबाट दीपक केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिमा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य कविकिरण न्यौपाने सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै संगठनलाई प्रवासी नेपालीहरूको हित, अधिकार र पहिचानका पक्षमा अझ प्रभावकारी रूपमा अघि बढाउने संकल्प व्यक्त गरेको छ ।

नयाँ कार्यसमितिको प्रमुख केसी र सचिव न्यौपानेसहित उपप्रमुखमा भोजेन्द्र सुवेदी र सुरेश केसी, सहसचिवमा फडिन्द्र सुवेदी, कोषाध्यक्षमा भेषनाथ गौतम र सहकोषाध्यक्षमा चतुर्भुज सापकोटा रहेका छन् ।

यसैगरी सदस्यहरूमा मेघराज गौतम, यमप्रसाद भुसाल, रुपेन्द्र वली, श्रीकान्त घिमिरे र सरोज पौडेल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?