अधिकारीको अध्यक्षतामा अनेसास जापानको १४औं कार्यसमिति

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १४औं अधिवेशनले आनन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

७ डिसेम्बर आइतबार टोकियोमा सम्पन्न समाजको सम्मेलनले अगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनले समाजको साहित्यिक यात्रा अझै सशक्त बनाउने संकल्प समेत गरेको छ । नयाँ कार्यसमितिले जापानमा रहेका नेपाली स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरुलाई एकीकृत गर्दै साहित्यिक अभियानलाई अझै सशक्त बनाउने अपेक्षा रहेको समाजले जनाएको छ ।

अधिकारीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा शरद पोखरेल, दीपा घिमिरे र संगिता कुँवर चयन भएका छन् भने महासचिवमा मनोज मौसम केसी, सचिवमा नारायण पोखरेल, विनिशा सापकोटा, र यमलाल कँडेल चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा सरोज घिमिरे र सह–कोषाध्यक्षमा सरिता चौधरी छन् भने सदस्यहरुमा सुविन न्यौपाने, विश्वबन्धु भण्डारी, भगवती क्षेत्री, दीपक राज पौडेल, हरि विनोद अधिकारी, अप्सरा सुनार र लक्ष्मण भन्तना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?