महासंघकी अध्यक्ष शर्मा जापानबाट स्वदेश फिर्ता

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनका क्रममा सहभागी हुन जापान आएकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा स्वदेश फर्किएकी छन् ।

शर्मा नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल फर्किनु भएको महासंघ जापान शाखाले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, निवर्तमान सल्लाहकार दीपक गौतम, पत्रकार तिलक सुवेदी, नेपाल एयर लाइन्सका प्रतिनिधि लगायतको टोलीले विमानस्थलमा बिदाई गर्दै सुखद, सफल र सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

महासंघ जापान शाखाको छैटौं अधिवेशनमा सहभागी हुन नोभेम्बर ३० तारिखमा जापान आएकी महासंघ केन्द्रीय अध्यक्ष शर्मालाई नेपाल फर्कने क्रममा संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

जापान शाखाका नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, निवर्तमान अध्यक्ष शान्त पहरी तथा संस्थापक अध्यक्ष तिलक मल्ललगायतको उपस्थितिमा मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?