जापानको सेनकाकु टापुमा चिनियाँ कोस्ट कार्ड घुस्यो

चीन र जापानबीच तनाव बढ्दै जाँदा सेनकाकु द्वीप आसपास तटीय सुरक्षाका लागि खटिएको चिनियाँ कोस्ट गार्ड घुसेको छ ।

चीनले पनि आफूले दाबी गर्ने सो क्षेबमा जापानको माछा मार्ने जहाज आएपछि टकराबको अवस्था आएको दाबी गरेको छ ।

चीनको तटीय सुरक्षाका लागि खटिएको कोस्ट गार्डले जापानी माछा मार्ने जहाजले दियाओयु टापु नजिकैको पानीमा अवैध रूपमा प्रवेश गरेको र त्यसलाई लखेटिएको बताएको छ ।

चीनले वक्तव्यमा जापानले सेनकाकु भन्ने टापु चिनियाँ क्षेत्र भएको दाबी पनि गरेको छ । तर जापानको कोस्ट गार्डले मंगलबार बिहानै दुई चिनियाँ कोस्ट गार्ड जापानी माछा मार्ने जहाज नजिक आएपछि तिनलाई रोकेर लखेटिएको बताएको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नोभेम्बर ७ मा संसदमा चीनले लोकतान्त्रिक ताइवानमाथि आक्रमण गरे टोकियोले सैन्य जवाफ दिन सक्ने बताएपछि चीन र जापानबीच कूटनीतिक विवाद चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?