जापानमा अक्टोबरको थोक मूल्य सूचकांक २.७ प्रतिशत

जापानमा अक्टोबर महिनाको थोक मूल्य सूचकांक २.७ प्रतिशत पुगेको छ।

यो दर सेप्टेम्बर महिनाको २.८ प्रतिशत भन्दा केही कम भए पनि विश्लेषकहरूले अनुमान गरेको २.५ प्रतिशत भन्दा बढी मूल्मवृद्धि देखिएको रोयटर्सले जनाएको ।

थोक मूल्य बढ्नु भनेको बजारमा कच्चा पदार्थ, खाद्यान्न र व्यापारिक वस्तुहरूको लागत बढ्नु हो।

रिपोर्ट अनुसार यसपटक मूल्य वृद्धिको मुख्य कारण चामल र अन्य खाद्य सामग्रीको लगातार बढ्दो मूल्य हो।

जापानमा किसानहरूका उत्पादन लागत बढिरहेको, मौसमका कारण आपूर्ति प्रभावित भएको र आयात निर्भरता अधिक भएकोले खाद्य सामग्रीको मूल्य स्थिर राख्न कठिन भइरहेको विश्लेषण गरिएको छ।

त्यस्तै, जापनिज येन कमजोर हुँदै गएकोले आयात लागत थप बढेको छ।

येन कमजोर हुँदा विदेशबाट किनेका खाद्यवस्तु, ऊर्जा, कच्चा सामग्री सबै महँगो हुँदा यसको असर उपभोक्तामा समेत प्रत्यक्ष रूपले देखिनेछ ।

विशेषज्ञहरूले आगामी महिनाहरूमा पनि मूल्य दबाब कायम रहने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?