
प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले नयाँ आर्थिक प्रोत्साहन प्याकेज ल्याउने तयारी गरेको छ ।
लामो समयदेखि कमजोर आर्थिक वृद्धिलाई पुनर्जीवित गर्न, नागरिकको खरिद क्षमता बढाउन, उद्योग, सेमिकन्डक्टर र एआई जस्ता क्षेत्रमा लगानी बढाउन आर्थिक प्रोत्साहन प्याकेज ल्याउन लागेको बताइएको छ ।
जसअनुसार आधारभूत संरचना, ऊर्जा, र प्राविधिक क्षेत्रमा ठूलो रकम छुट्याइने छ भने साना व्यवसायमा कर छुट, अनुदान र सहज ऋणजस्ता कार्यक्रम समावेश हुनेछन् ।
जापानको आर्थिक वृद्धि दर हाल १.२ प्रतिशतमा सीमित छ भने मुद्रास्फीति करिब २.८ प्रतिशत छ । जुन बैंक अफ जापान (बीओजे) को लक्ष्यभन्दा केहीबढी मात्रै हो ।
जापानी येन अमेरिकी डलरको तुलनामा कमजोर हुँदै जाँदा विदेशबाट आयात गरिएका वस्तुहरुको मूल्य बढिरहेको छ ।
प्रधानमन्त्री ताकाइचीले यो प्याकेजलाई आफ्नो पहिलो ठूलो आर्थिक नीतिका रूपमा प्रस्तुत गर्न लागेकी छन् ।
जापानमा आर्थिक प्रोत्साहनको नीतिले विदेशी लगानीकर्ताहरूले जापानको बजारप्रति पुनः रुचि देखाउन सक्नेछन् ।
जापानको नयाँ प्रोत्साहन प्याकेजले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ । तर यसले ऋणभार बढाउने र मुद्रास्फीतिलाई अझ माथि पुग्ने जोखिम पनि हुनसक्छ ।







