पत्रकार महासंघ जापानको छैटौं अधिवेशन नोभेम्बर २३ मा हुने, निर्वाचन संयोजकमा खगराज गौतम

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन नोभेम्बर २३ तारिख आईतवारका दिन हुने भएको छ।

महासंघ जापान शाखाको अध्यक्ष शान्त पहरीको अध्यक्षतामा शिनओकुबोस्थित सोल्मारी मुरा हलमा बसेको १७ औं बैठकले अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी तथा विभिन्न निर्णयहरू गरेको हो।

कार्यसमितिको निर्णयअनुसार खगराज गौतम संयोजक, पूर्ण चलाउने र खड्क सिं गुरुङ सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ।

त्यसै गरी अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयनका लागि पहल गर्नका लागि संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, वर्तमान अध्यक्ष शान्त पहरी र निर्वाचन समिति संयोजक खगराज गौतमलाई जिम्मेवारी तोकिएको छ।

बैठकले अधिवेशनमा सहभागी सदस्यका लागि प्रवेश शुल्क र उम्मेदवार शुल्क समेत निर्धारण गरेको जनाएको छ।

महासंघले अधिवेशन तयारीलाई अन्तिम चरणमा पुर्‍याउँदै करिव ९० जना पत्रकार सदस्यहरूको सक्रिय सहभागितासहित सफल अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन टोकियोको मुसासी साकाई स्टेशन नजिकै रहेको मुसासिनो प्लेस भवनमा सम्पन्न हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?