जापानमा बस्ने विदेशीमध्ये शीर्ष पाँच देशको सूची फेरबदल हुने संकेत

जापानमा बसोबास गर्ने विदेशीहरूमध्ये शीर्ष पाँच देशको सूचीमा परिवर्तन आउने संकेत देखिएको छ।

जापानको प्रतिष्ठित माईनिची पत्रिकाले प्रकाशित गरेको अध्ययन अनुसार जापानमा बसोबास गर्ने नेपाली नागरिकहरूको संख्यामा तीव्र रूपमा वृद्धि भइरहेको पाइएको छ ।

विशेषगरी शिक्षा, होटल–रेस्टुरेन्ट, निर्माण र केयर सेक्टरमा यो वृद्धि देखिएको हो । यी क्षेत्रमा नेपाली युवा कामदारहरूको योगदान उल्लेखनीय रहेको छ।

सन् २०२५ सम्म आइपुग्दा नेपाल जापानमा सबैभन्दा छिटो ठूलो संख्यामा प्रवासी कामदार तथा विद्यार्थी प्रवेश गर्ने स्रोतका रुपमा अघि देखिएको छ ।

विशेषज्ञहरूका अनुसार यसबाट जापानको सामाजिक र श्रम बजार दुवैमा दीर्घकालीन प्रभाव पार्नेछ।

एकातिर जापानमा जनशक्ति अभाव कम गर्ने सकारात्मक प्रभाव देखिनेछ भने अर्कोतिर भाषा, संस्कृति र स्थानीय समायोजनजस्ता विषयमा नयाँ चुनौतीहरू पनि देखापर्ने अनुमान गरिएको छ।

जापान सरकारले भने नेपालीसहित अन्य विदेशी समुदायका लागि भाषा तालिम, आवास सहयोग र रोजगार स्थायित्व सुनिश्चित गर्ने नीति विस्तार गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?